१६ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतवार थप एक गैंडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैंडा मृतावस्थामा भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी ३० देखि ३५ वर्षको गैंडा बुढो भएर मरेको हो । गैंडाको खाग र खुर सुरक्षित रहेका छन्। निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैंडा मरेका छन् ।
तस्करको गोलीबाट एउटा गैंडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो। गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैंडा मरेका थिए । प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस