
१६ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता भएका व्यवसायिक संस्थाहरु ।
१ ब्लुक्रस अस्पताल त्रिपुरेश्वर, अस्पताल तथा स्वास्थ्य सेवामा१०% सम्म विशेष छुट
२ धुलिखेल माउण्टेन रिर्सोट, धुलिखेल होटल तथा रिर्सोटमा १०% छुट
३ स्तुपा रिर्सोट, नगरकोट, होटल तथा रिर्सोटमा १५% छुट
४ जम्बाला रिर्सोट, खोटाङ्ग, होटल तथा रिर्सोटमा १५% छुट
५ ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन, होटल, रिर्सोट तथा स्पामा १५% सम्म छुट
६ ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्टमा १५% छुट
७ देव कर्नर ज्वेलरी, काठमाडौं, गरगहना सम्बन्धी सेवामा ३०% सम्म छुट
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सात वटा व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० देखि ३० प्रतिसतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा यि सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।