समाचार

कोहलपुरमा दुई कोरोना सङ्क्रमितको मृत्यु

covid 19 dead body

१६ कात्तिक, बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस