समाचार

घुससहित नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ

aaktiyar aayog

१६ कात्तिक, काठमाडौं । प्रदेश नम्बर २ मा सेवाग्राहीबाट घुस लिएको आरोपमा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । महोत्तरी र सप्तरीमा घुस लिएको आरोपमा उनीहरु रङ्गेहात पक्राउ परेका हुन् ।

सप्तरीमा एक प्रहरी नायब निरीक्षक (सई) ५० हजार घुससहित पक्राउ परेका छन् भने महोत्तरीमा एक सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग ५० हजार रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल फिर्ता दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएको अधिकारीले बताए । सोही प्रकरणमा संलग्न जवान रामेश्वर मण्डल तथा स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि आयोगले पक्राउ गरेको छ ।

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस