समाचार

गण्डकी प्रदेशमा एकैदिन थपिए ४२३ कोरोना संक्रमित, दुईको मृत्यु

covid 19

१६ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा एकैदिन ४२३ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा थप दुई जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बिहान ११ः५५ बजे उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस