
१७ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस आधनम गेब्रियसस क्वारेन्टिनमा बसेका छन् । टेड्रोसले आफू ‘कन्ट्राक्ट ट्रेसिङ’मा परेको भन्दै ‘सेल्फ क्वारेन्टिन’मा बस्ने ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।
‘म कोभिड १९ भएका कोही व्यक्तिसँग सम्पर्कमा भएको थाहा भएको छ’, उनले सोमबार ट्वीटरमा लेखेका छन्, ‘म कुनै लक्षणबिना ठिक छु, तैपनि डब्ल्यूएचओको प्रोटोकलअनुसार म सेल्फ क्वारेन्टिनमा रहन्छु ।’
यस्तै उनले आफूले घरबाटै कार्यालयका काम गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस