समाचार

काेराेना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल साइकल यात्रा’ (तस्बिरहरु)

saikal yattra 1

१७ कात्तिक, काठमाडौं । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न ‘नेपाल साइकल यात्रा’ सुरु गरिएको छ ।

सोमबार ‘नेपाल साइकल यात्रा’का लागि विश्व साइकलयात्री पुष्कर शाहसहित पर्यटन व्यवसायी काठमाडौंबाट महेन्द्रनगर प्रस्थान गरेका छन्। उनीहरुले पश्चिमको महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।

साइकल यात्रा पश्चिम नेपालको महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्वि नेपालको काकडभिट्टासम्म पुग्नेछ ।

उनीहरुले यात्रामार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सन्देश प्रवाह गर्ने पर्यटन बोर्डले जनाएको छ । उनीहरुलाई सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बिदाई गरेका हुन् । बोर्डको प्रबद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा साइकल यात्रा हुन लागेको हो ।

साइकल समुहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाललगायत छन् ।

पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुनेछ । कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन गरेको यो सांकेतिक साइकल प्रयास हो ।

saikal yattra 2 saikal yattra 3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस