
१७ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि आज ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस