समाचार

आईपियु गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन, सभामुख सापकोटाले गरे मतदान

agni sapkota

१७ कात्तिक, काठमाडौं । विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सील सदस्यकारुपमा सहभागीता जनाएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन् ।

गभर्निङ काउन्सीलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आईपियू अध्यक्षको कार्यकाल तीन बर्षको हुनेछ ।

यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आई पि यु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आई पि यु अध्यक्ष चयनका लागि गोप्य मतदान गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस