समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

pradhan kishwor

१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफूले २८ वर्षयता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले पुजारी बनेर पूजागर्नका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे ।

उनले  देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडी आउने विश्वास गरेको बताए ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिडऔ१९ का कारण स्थगित भएको थियो ।

प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ । यसअघि चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस