खेलकुद समाचार

उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

ujjwal Thakuri

१७ कात्तिक, डिसी । नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । एक पछि अर्को गर्दै उनले सातौ पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

त्यति मात्र हैन ३ वर्ष अगाडि उनी अमेरिकामा “हु इज हु ब्ल्याक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको आगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोश्रो,नोभेम्बर २०१८ मा तेश्रो,सेप्टेम्बर २०१८ मा चौथो,सेप्टेम्बर २०१९ मा पाचौ ,फेब्रुअरी २०२० मा छैठौ र फेब्रुअरी २०२० मै सातौ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरे पछि गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका हुन् । काठमाडौंमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस