पर्यटन

धरानमा जिपलाइन खेल शुरु

zipline

१७ कात्तिक, सुनसरी । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक  खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक  खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको जिपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिब ३ करोड लगानीमा जिपलाइन शुरुआत गरेको सञ्चालक मध्येका एक  विवस भण्डारीले जानकारी दिए । उनका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०/४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ ।

क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको  एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपैंया मूल्य तोकिएको छ ।

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सयकेजीसम्मको रहेको कम्पनिले जनाएको छ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको  चिन्ता लिन नपर्ने सञ्चालक बताउँछन् ।

नेपालमा हुँदै आएका  १६ वटा साहसिक खेलमध्ये पाँच÷छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिए । उनका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ विपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी  मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा (र्याफ्टिङ) सेवा दिदै  आएको छ । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस