समाचार

सप्तरीमा सडक दुर्घटना, थप एकसहित दुईको मृत्यु

road accident

१७ कात्तिक, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो ।

यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । त्यस्तै, सोही दुर्घटनामा परी घाइते भएका छ जनामध्ये तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य तीन जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस