समाचार

गोरखाका सीडीओसहित ३२ जनालाई कोरोना संक्रमण

tirtha raj

१७ कात्तिक, गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रजिअसहित गोरखा जिल्लामा थप ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका नयाँ कोरोना संक्रमितहरु गोरखा नगरपालिकाका १० जना, पालुङ्टार नगरपालिका र  अजीरकोट गाउँपालिकाका सात-सात जना, शहीद लखन गाउँपालिकाका चार र आरुघाट गाउँपालिकाका एक जना रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस