
१७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ भने अहिलेसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस