१७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा १३२९ सहित उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरका १०८ र ललितपुरमा १९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
प्रतिक्रिया दिनुहोस