समाचार

नेपालमा कोेरोनाबाट थप २४ जनाको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

covid 19 dead body

१७ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

यस्तै, सोमबार नेपालमा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ भने अहिलेसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै ३१५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस