समाचार

कोरोनाका बिरामीको उपचारका लागि टेकु अस्पतालले धरौटी नलिने

sukraraj trapikal

१७ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसका बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो । टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनर्काु साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको  समेत बताएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस