
१७ कात्तिक, काठमाडौं । चन्द्रागिरि १ दहचाेकमा रहेकाे कालु पाँडे समाधिस्थल क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएकाे छ ।
सय गन्तव्य भित्रको चन्द्रागिरि १ दहचोक स्थित काजी कालु पाँडे समाधिस्थल क्षेत्रमा युग्द्ध कवाच गणले साे क्षेत्रमा सफाइ गरेकाे हाे ।
गणपति देवेन्द्र खड्काको समन्वयमा वडाध्यक्ष राजेन्द्र के.सी.सहित स्थानीयको उपस्थितिमा समाधी, गडी र ईन्द्रदह परिसरमा सरसफाइ गरिएको चन्द्रागिरि १ का वडाअध्यक्ष राजेन्द्र केसीले बताए ।
रक्षा मन्त्रालयले उक्त समाधि संरक्षणका लागि २० लाख रकम समेत विनियोजन गरेको छ । सरसफाइ कार्यक्रममा ५० जना नेपाली सेना परिचालित थिए ।
प्रतिक्रिया दिनुहोस