समाचार

माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते

mato

१७ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नपा–४ मा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते भएका छन् ।

घर पोत्ने माटो लिन स्थानीय किचाँही जङ्गलमा गएका किशोरी माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

घाइते हुनेमा कृष्णपुर–४ बालुवाटारकी १६ वर्षीया कृपा सिंह, १७ वर्षीया कमला धामी र कैलालीको गोदावरी नगरपालिका–११ की मीना ठगुन्ना रहेको प्रहरीले जनाएको छ । “गोदावरीकी ठगुन्ना आफन्तको घरमा आएका बेला माटो लिन गएका बेला घाइते भएकी हुन्”, प्रवक्ता थापाले भने, “घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस