समाचार

कोरोना निको हुने दर वृद्धि

Health Ministry

१७ कात्तिक, काठमाडौं । देशभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज एक हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९९२ रहेको छ ।

नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *