समाचार

बैतडीमा ढुङ्गाले लागेर एकको मृत्यु

Death Body

१७ कात्तिक, बैतडी । बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका  ४० वर्षीया कौशा विष्ट रहेका छन् ।

खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए ।

गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको  र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस