समाचार

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन

surya bahadur kc

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघिय सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।

केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर, बैंकिंग, चाउचाउ एवं फुड्स, र मिडिया लगायतका क्षेत्रमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस