समाचार

काठमाडौंबाट हुण्डीको एक करोड पैसासहित तीन जना पक्राउ

arrest

१८ कात्तिक, काठमाडौं । काठमाडौंको ओमबहालबाट हुण्डी कारोबार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हुण्डी कारोबार गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस