समाचार

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead

१८ कात्तिक, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत महिलाको सोमबार राति मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ५ निवासी ५९ वर्षीया ती महिलामा कात्तिक १४ गते कोरोना संक्रमण पुष्‍टि भएको थियो । संक्रमण पुष्टि भएपश्‍चात् आइसियूमा उपचाररत ती महिलाको उपचारकै क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनमा कोरोन सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले बताए । अस्पतालको उपचार केन्द्रमा मृत्यु हुने उनी २६औं संक्रमित हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस