समाचार

संक्रमितको शव गाडेको साढे चार महिनापछि पनि निकालेर दाहसंस्कार

dahasaskar

१८ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीमा शव गाडेको करीव ५ महिनामा उत्खनन गरेर हिन्दु परम्परा अनुसार एक पुरुषको दाहसंस्कार गरिएको छ । कोरोनाका कारण ज्यान गुमाएका एक पुरुषको शवलाई करीव ५ महिनामा दाहसंस्कार गरिएको हो ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो । स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापन गर्न अन्योल भएको थियो । त्यसपछि शवलाई २ दिनसम्म जंगलको बीचमा राखी त्यहीँ गाडिएको थियो ।

परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्पराअनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरी परम्पराअनुसार दाहसंस्कार गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए । अहिले परम्परागत रूपमा शवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन् ।

पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाको शव परम्पराअनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछि शव उत्खनन गर्न गाउँपालिकाले अनुमति दिएको मालारानीका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *