समाचार

भारतीय जङ्गलमा नेपाली महिलाको शव फेला

Death Body

१८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ  । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।

‘महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन,’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, ‘शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।’

शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस