समाचार

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा रिहा

ganesh joshi

१८ कात्तिक, काठमाडौं । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो ।

वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् । वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए । वडाध्यक्ष जोशी १४ कात्तिकमा पक्राउ परेका थिए ।

जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस