विश्व/प्रवास

नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन : चिनियाँ विदेश मन्त्रालय

Wang Ben Bin Spokesperson China Foreign Ministry

१८ कात्तिक, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपाली भू–भाग चीनले मिच्यो भन्ने रिपोर्ट पूर्ण रूपमा आधारहीन भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको कुनै पनि भूमि नमिचेको दाबी गरेका हुन् ।

‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन छन्,’ उनले भनेका छन्,‘चीनले नेपालको भूमि मिचेको छैन ।’ द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेर संरचना निर्माण गरेको समाचार प्रकाशन गरेको थियो ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूमि मिचेको दाबी गरिएको छ । तर, नेपालको परराष्ट्र मन्त्रालयले भने हुम्लामा चीनले नेपाली भूमि नमिचेको स्पष्ट यसअघि नै पारिसकेको छ ।

तर, प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वमा गएको टोलीले हुम्लाको उत्तरीभागको सीमा क्षेत्रमा चीनले नेपाली भूमि मिचेको बताएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस