समाचार

देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

१८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस