
१८ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३ हजार १४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस