राजनीति

केसीको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

nepali congress office

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

साथै १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस