राजनीति

भारतीय सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधी नदिन मैनालीको माग

cp mainali

१८ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मणिमुकुन्द नरवणेको नेपाल भ्रमणको पूर्व सन्ध्यामा उनको नेपाल भ्रमणलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (माले)ले विरोध जनाएको छ ।

माले महासचिब सीपी मैनालीले मंगलबार अपराह्न एक विज्ञप्ति जारी गर्दै नरवणेलाई नेपाली सेनाको मानार्थन महारथी उपाधि दिँदा कालापानीमा भारतले नेपाली भूमि कब्जा गरेको विषयलाई प्रकारान्तरले सामान्य ठानिएको सन्देश जाने भएकाले मानार्थ उपाधि दिन नहुने बताएका हुन् ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभूषित गर्नु किमार्थ पनि उपयुक्त हुँदैन’ मैनालीले भनेका छन्, ‘तसर्थ दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’ को पदवीले विभुषित गर्ने प्रचलनलाई नै अन्त्य गरिनुपर्दछ ।’

नरवाणे बुधबार नेपाल आउँदैछन् । नेकपा माले लगायत २१ राजनीतिक संगठनले यसअघि नै भारतीय सेना प्रमुखको नेपाल भ्रमण खारेज गर्न माग गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस