१८ कात्तिक । टर्कीको इजमिर शहरमा भूकम्पले ढलेको अपार्टमेन्टमा पुरिएकी बालिकाको ९१ घण्टापछि जीवितै उद्धार भएको छ ।
स्थानीय मिडियाकाअनुसार जीवितै उद्धार गरिएकी यी बालिका तीन वर्षीय आईदा गिजगिन हुन् । शुक्रबार अजियन समून्द्रमा भूकम्पको शक्तिशाली धक्का जाँदा टर्की, ग्रिस, मेसिडोनिया र बुल्गेरिया प्रभावित भएका थिए ।
७ रेक्टर स्केलको भूकम्प गएपछि ९१ घण्टासम्म यी बालिका भग्नावेशषमै थिइन् ।
प्रतिक्रिया दिनुहोस