राजनीति

नेकपा विवादबारे राष्ट्रपति भण्डारीको चासो, शितलनिवासमा वामदेवसँग छलफल

Bidhya Bhandari

१८ कात्तिक, काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ ।

मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए । शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरे । गौतम निकट स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राखेकी थिइन् ।

त्यसक्रममा उनले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भूमिका खेल्न र पार्टी एकतालाई कायम गरेर अघि बढ्न जोड दिएकी थिईन् । जवाफमा नेता गौतमले आफू सुरुदेखि नै एकताको पक्षमा रहेकोले अहिलेपनि आफ्नो जोड एकतामै रहेको विश्वास दिलाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस