अर्थनीति

आवास पुनर्निर्माणका लागि नेपाललाई भारतद्वारा एक अर्ब अनुदान सहयोग

niwas nirman

१८ कात्तिक, काठमाडौं । भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ ।

पाँच वर्षअघि आएको महाभुकम्पमा परी ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धता अनुसार सो सहयोग प्रदान गरेको हो ।

भारतीय अनुदानस्वरूप गरिएको एक अर्ब नेपाली रुपैयाँको सो चेक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउनेबारे सकारात्मक छलफल भएको राजदूत क्वात्राले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस