
१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान निधन भएको हो । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।
प्रतिक्रिया दिनुहोस