समाचार

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

corona hospital butwal

१९ कात्तिक, बुटवल । गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । प्रवक्ता गौतमका अनुसार उनी उच्च रक्तचापका दीर्घरोगी थिए ।

योसँगै गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस