१९ कात्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्दै सार्वजनिक अभिव्यक्ति दिने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार मध्यान्ह नेपाल भ्रमणमा आउँदै गरेका नरवणे नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि उनको नेपालमा विरोध हुँदै आएको छ ।
प्रहरीले नरवणेको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाउँदै कालो झण्डा देखाउने आशंका लागेकाहरुलाई पक्राउ गर्न सुरु गरेको हो । नरवाणेको नेपाल भ्रमणमा कालो झण्डा देखाउने अभिव्यक्ति गौतमले आफ्नो युट्युब च्यानलमार्फत् दिएका थिए । उनले ‘नरवाणेलाई कालो झण्डाले स्वागत गर्ने’ बताएका हुन् ।
गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस