समाचार

वीपी प्रतिष्ठानमा ९ वर्षीया बालिकासहित थप दुई संक्रमितको मृत्यु

bp koirala

१९ कात्तिक, धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा धरान उपमहानगरपालिकाका १ की ६१ वर्षीय महिला र इटहरी उपमहानगरपालिका ६ की ९ वर्षीया बालिकाको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका १ की महिलामा ३० गते कोरोना पुष्टि भएको थियो । कोभिड अस्पतालमा ५ गते भर्ना भएकी थिइन् । उच्च रक्तचाप पीडित उनको आज बिहान ३ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।

त्यसैगरी, इटहरी उपमहानगरपालिकाकी ९ वर्षीय बालिकाको पनि आज साढे ३ बजे  मृत्यु भएको हो । उनलाई १७ गते कोरोना पुष्टि भएको थियो र १८ प्रतिष्ठानको कोभिड अस्पतालमा १८ गते भर्ना भएकी थिइन् । दीर्घ रोग भएकोले प्रतिष्ठानमा उपचाररत थिइन् ।

यो सँगै बिपी प्रतिष्ठानमा कोभिड संक्रमणको कारणले मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस