समाचार

महरा पत्नीको निधनबाट सभामुख मर्माहत

sita mahara

१९ कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले स्व.महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन्, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।” महरापत्नीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *