बैँक / वित्त

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

prabhubank branch

१९ कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस