अर्थनीति

दाङमा यस वर्ष मकै उत्पादनमा वृद्धि

maize

१९ कात्तिक, तुलसीपुर । दाङमा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताए । यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था  नभएकाले मकै उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ । गत वर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताए ।

मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका-७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यस वर्ष मकैबाली राम्रो भएको बताए । चौधरीले एक बिघा जमिनमा मकै खेती गरेका थिए ।

गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि  वर्षे मकैको उत्पादन वृद्धि भएको उनको भनाइ छ । सोही ठाउँका रामबहादुर चौधरीको पनि यस वर्ष मकै उत्पादन बढेको छ । उनको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस