समाचार

दानव नदीमा डुबेर एक बालकको मृत्यु

Death Body

१९ कात्तिक, बुटवल । रुपन्देहीको दानव नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उप-महानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगीत बुढा मगरको आज दानव नदीमा डुबेर मृत्यु भएको हो ।

नदीमा डुबेर अचेत अवस्थामा फेला परेका मगरको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस