समाचार

पोखरामा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

१९ कात्तिक, पोखरा । कोरोना संक्रमणबाट  पोखरामा थप ६ जनाको मृत्यु भएको छ । कास्कीका पाँच र तनहुँका एक संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुने ५ पुरुष र १ जना महिला छन् । निर्देशनालयका अनुसार पोखरा ३१ की ४२ वर्षीय कोरोना संक्रमित महिलाको गएराति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा मृत्यु भएको हो । गत १६ गते कोरोना पुष्टि भएका उनमा कोरोनासँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै, पोखरा २६ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेर २५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा मृत्यु भएको छ । गत १५ गते कोरोना पुष्टि भएका उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने अर्का संक्रमितमा पोखरा २५ र १६ का ५२ र ५९ वर्षीय रहेका छन् । पोखरा २५ का संक्रमितको आज बिहान ७ बजेर ३५ मिनेट जाँदा र वडा नम्बर १६ का संक्रमितको गएराति ११ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । मृतक दुवै जनालाई गत १५ गते कोरोना पुष्टि भएको र कोरोनासँगै अन्य दीर्घ रोग दुवै जनामा रहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी, तनहूँको संक्रमित पुरुषको पनि चरक मेमोरियल अस्पतालमै उपचारको क्रममा निधन भएको छ । तनहूँको ब्यास नगरपालिका ४ का ७० वर्षीय संक्रमितको आज दिउँसो १२ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको थियो । उनमा पनि अन्य दीर्घ रोग रहेको निर्देशनालयले जनाएको छ । छैटौं मृतक पोखरा १६ का २८ वर्षीय युवक रहेका छन् । उनको गएराति १० बजेर ४५ मिनेट जाँदा मनिपाल टिचिङ अस्पतालमा निधन भएको थियो । उनमा गत १६ गते कोरोना पुष्टि भएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९३ पुगेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस