१९ कात्तिक, तनहुँ । तनहुँमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । शुक्लागण्डकी–६ स्थित सापकोटा होटलमा जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरिक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।
पक्राउ पर्नेमा शुक्लागण्डकी–११ घर भएका दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास–१० घर भएका मोती कुमार श्रेष्ठ, बाग्लुङका टेक छन्त्याल र पर्वतका रबी गुरुङ रहेका छन् ।
मंगलबार साँझ डिएसपी युवराज तिमिल्सिनाको नेतृत्व टोलीले जुवा खालबाट १ लाख ९७ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको एसपी पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस