विश्व/प्रवास

चीनमा भएको कोइला खानी दुर्घटनामा ८ जना वेपत्ता

accident

१९ कात्तिक, काठमाडौं । चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ ।

दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ । वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस