समाचार

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

manoj naravane

२० कात्तिक, काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किएका छन् । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् । पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए । नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम आज (बिहीबार)का लागि तय गरिएको छ ।

बिहीबार (आज) उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ । उनले त्यहीँ राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस