२० कात्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । बुधबार काठमाडौं आएका नरवाणे शुक्रबार बिहान सोलुखुम्बु जाने भएका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले नरवाणे मौसम अनुकूल भएको अवस्थामा सोलुखुम्बु जान सक्ने जानकारी दिए । उनले औपचारिक कार्यक्रम तय नभएकाले जाने/नजाने टुंगो नभएको बताए ।
उनले सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको होटल एभरेष्ट भ्यूबाट सगरमाथाको दृश्य अवलोकन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस