समाचार

झापाको भद्रपुरबाट ३ लाख बराबरको पटका बरामद

pataka 1

२० कात्तिक, झापा । झापाको भद्रपुरबाट ३ लाख बराबरको अतिसबाजी (पटका) बरामद भएको छ । भद्रपुर नगरपालिका– ५ स्थित सीमा क्षेत्रबाट प्रहरीले ३ लाख बराबरको बराबरको पटका बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाईछिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय, भद्रपुरबाट खटिएको टोलीले अन्दाजी ३ लाख मूल्य बराबरको पटका बरामद गरेको झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

बरामद पटका आवश्यक अनुसन्धानको लागि तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको डीएसपी थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस